सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक महिला साढे २ किलो चरेससहित पक्राउ

२०८२ वैशाख १४, ०१:०६

धनगढी : कैलालीको धनगढीमा एक महिला साढे २ किलोग्राम चरेससहित पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराबाँडीबाट बेलमती बोहरा पक्राउ परेकी हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीय बोहराको साथबाट २ किलोग्राम ५८० ग्राम चरेस फेला परेको कैलाली प्रहरीले बताएको छ। वडा प्रहरी कार्यालय, धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस