सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घोडाले हानेर बालिका घाइते

२०८२ वैशाख १४, ०७:३३ खबर संवाददाता

धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–१४ को फूलबारीमा ५ वर्षीय सृष्टि पुरीलाई घोडाले हानेको प्रहरीले जनाएको छ। घोडाले हानेर घाइते भएकी पुरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस