सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँ र शाहबीच भेट

२०८२ वैशाख १३, ०२:२४ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ। शनिवार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो।

भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन। उनीहरु बीच संसद सूचारु गर्ने विषयमा पनि छलफल भएको थियो। भारत सरकारको निमन्त्रणमा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाह सहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ।

कमेन्ट लोड गर्नुस