धनगढीमा बढ्यो वायु प्रदुषण, आज १७६ एक्युआई पुग्यो

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण बढ्न थालेको छ। शुक्रवार बिहान धनगढीको वायु प्रदुषणको मात्रा १७६ एक्युआई मापन गरिएको छ।
एयर क्वालीटी इन्डेक्सकाअनुसार बिहान ६ बजेर ४५ मिनेटमा धनगढीको वायुको गुणस्तर १७६ एक्युआई मापन गरिएको छ। यो सबै उमेर समूहका लागि अस्वस्थकर हावा मानिन्छ। धनगढीपछि कञ्चनपुरको महेन्द्रनगरमा पनि प्रदुषण बढ्न थालेको छ। महेन्द्रनगरको हावाको गुणस्तरको मात्रा १०७ एक्युआई मापन गरिएको छ। यो संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ।
