सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा पार्कीङको उचित व्यवस्था नहुँदा चौतर्फी समस्या

२०७६ असार २९, ०७:२२ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा उचित पार्कीङकको व्यवस्था नहुँदा चौतर्फी समस्या हुने गरेको छ। अस्पतालको परिसर भित्र नीजी तथा सार्वजनिक सवारी साधनहरु निर्वाध रुपमा पार्कीङ हुन थालेपछि चौतर्फी समस्या भईरहेको हो। गम्भिर प्रकृतीका विरामीलाई तत्कालै भर्ना गर्नु पर्ने भएपनि अव्यवस्थीत पार्कीङकले समस्या हुने गरेको छ।  गर्भवती, हृदयघात र दुर्घटनाका विरामीको तत्कालै उपचार गराउनु पर्ने भएपनि सवारी साधान पार्कीङमा नै समय लाग्दा ज्यान जाने समेत खतरा बढेको छ।

साथै सार्वजनिक र नीजि सवारी साधानहरु निर्वाद रुपमा अस्पताल परिषर भित्र पार्कीङ हुन थालेपछि झनै समस्या भईरहेको अस्पतालमै भेटिएका रोज अवस्थीले बताए। आसपासका व्यपारीहरु पनि अस्तालको परिषर भित्र नै पार्कीङ गर्ने गर्दछन भने सार्वजनिक सवारी साधनहरु त अस्पताल भित्र भरिभराउन नै हुन्छन। विरामी ल्याएर आउने सवारी साधन अस्तव्यत रुपमा पार्कीङ हुदा विरामी, सहित एम्बुलेन्सल चालक लाई समेत समस्या हुने गरेकोसंयुत्त एम्बुलेन्स चालक संघ कैलालीका अध्याक्ष लक्ष्मण सिंहले गुनासो गरे।

पार्कीङले निम्त्याएको समस्यालाई समाधान गरिदिन पनि अस्पताल प्रशासनलाई आग्रह गर्दापनि वास्ता नगरेको आरोप उनको छ। पटक–पटक स्तरबृद्धिको नारा लागेपनि पार्कीङको समेत उचित व्यवस्था नहुँदा समस्या भईरहेको छ। पार्कीङ स्थल निर्माण भईरहेकाले यो समस्या समाधानमा केहि समय लाग्ने सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस