कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसापोष्ट, टीकापुर नगरपालिका–४ वाणीपुल र भजनी नगरपालिका–९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४५ हजार २ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
चिनि, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दिपावली लाईट(झाल्लर लाईट), टेन्टको माथीको कपडा, प्लस्टिक झोला, स्पाईट, छिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १० हजार १८५ बराबरको सामान बरामद गरिएको छ। उक्त मुल्य बराबरको ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, प्रफ्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, धोजा, अण्डा लगायतका सामान प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।