सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन संसदीय समितिको बैठक आज

२०८२ वैशाख ८, १०:४३ रासस

काठमाडौंः संघीय संसद्अन्तर्गत सोमवार तीन संसदीय समितिहरूको बैठक बस्ने भएको छ।

राज्यव्यवस्था तथा सुशासन समितिको समितिको बिहान ११ बजे बस्नेछ। बैठकमा  ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो पौने १ बजे बस्नेछ।  बैठकमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ। त्यस्तै, विधायन व्यवस्थापन समितिको पनि दिउँसो १ बजे बैठक बस्दैछ। बेठकमा नीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस