संस्कार कृकेट लिग : सायल गाउँपालिका विजयी

धनगढी: फाप्ला कृकेट मैदानमा जारी टीम ईलाभेन संस्कार कृकेट लिग सिनियर प्रतियाेगिता अन्तरगत शनिबारसम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएकाे छ ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जाेडेकाे थियाे । सायलका अविशेष काेईरालाले ३४ रन जाेडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २/२ विकेट लगे । एक सय ३५ रनकाे लक्ष्य पच्छ्याएकाे टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुदै ९२ रनमा समेटियाे । धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरकाे कम्जाेररह्याे । सायलका किरन चन्दले ३ तथा अविशेष काईरालाले २ विकेट हात पारे । प्रतियाेगिता अन्तरगत आइतवार उत्तर त्रिशूल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ।
शनिवार बिहानकाे खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल वेष्ट्रन र टीम वेतालले १/१ अंक बाँडेका थिए ।
