सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ मन्त्रालयद्धारा वित्तिय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक

२०७६ असार २८, ०३:२३ खबर संवाददाता

सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रालयले वित्तिय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ। मन्त्रालयले आज धनगढीमा एक कार्यक्रमकाबिच हाते पुस्तिका सार्वजनिक गरेको हो। हाते पुस्तिका सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले वित्तीय साक्षरताबाट आर्थिक समृद्धिमा महत्वपुर्ण टेवा पुग्ने बताए।

सबै प्रदेशबासीको हात हातमा  हाते पुस्तिका पु¥याएर सबै स्थानीय तहमा साक्षरता बारे कार्यक्रम संचालन गरिने जनाए। कार्यक्रमले प्रत्येक नागरिकको बैंक खाता खोल्ने अभियानलाई टेवा पुर्याउने उनको विश्वास थियो। बोहोराले पुसितकाबाट प्रत्येक नागरिकलाई वित्तीय साक्षरता बारे ज्ञान हासिल गर्न सहज हुने बताए। वित्तीय साक्षरता हाते पुस्तिकामा बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा, पुँजीबजारका बारेमा विस्तृत जानकारी उल्लेख गरिएको छ।   
 

कमेन्ट लोड गर्नुस