सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

२०८२ वैशाख ५, ०६:०२ खबर संवाददाता

धनगढीः कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने जालुदेबि चौधरीको दुई तले, चारकोठे कच्चि जस्तापाताले छाएको घरमा घर पछाडि रहेको पिपलको रुख घरको छानोमा खस्दा करिब ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएकोछ।

यस्तैैै,कैलालीको टीकापुर नगरपालिका–८ कालिमाटी टोल बस्ने सेते टमटाको तीनकोठे कच्चि घरको छानो बिहिवार हावाहुरीले उडाउँदा ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस