अमेरिकी राष्ट्रपति ट्रम्प र इटालीका प्रधानमन्त्री मेलोनीबीच भेटवार्ता

एजेन्सीः इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुभएको छ।
भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुराकानी गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले भने व्यापार सम्झौता निश्चित र निष्पक्ष हुने बताए। सम्झौतामा पुग्ने कुरामा मेलोनी पनि आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ।

यही अप्रिलको शुरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरूमा पारस्परिक शुल्क लगाएकामा चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा घटाउनु भएको छ। ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनको लागि निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुन्।


