सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानको अर्धसैनिक र सेनाबीच अल–फासेरमा झडप, ५७ जना नागरिकको ज्यान गयो

२०८२ वैशाख ५, ११:५४

एजेन्सीःसुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ।

सेनासँगको युद्धमा अर्धसैनिक  र्‍यापिड फोर्सेस (आरएसएफ) ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा आरएसएफले गरेको आक्रमणमा केही दिन अघि मात्र चार सयभन्दा बढीको ज्यान गएको थियो। आरएसएफ र सेनाबीच सन् २०२३ देखिको युद्धमा परेर सुडानमा नागरिकले ज्यान गुमाउने क्रम बढ्दो छ।

सेनाको नियन्त्रणमा रहेको डार्फरका विभिन्न शहर आफ्नो घेराबन्दीमा पार्न आरएसएफले एक वर्षभन्दा लामो समयदेखि प्रयास गरिरहेको छ। गएको महिना सेनाले राजधानी खार्तुमलाई पुन कब्जा गरेपछि आरएसएफले डार्फर शहरमा आक्रमण बढाएको छ। यो युद्धले दशौं हजारको ज्यान लिएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन्।
 

कमेन्ट लोड गर्नुस