सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ राष्ट्रपति सी  कम्बोडिया भ्रमणमा

२०८२ वैशाख ४, ०१:५१ रासस

चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले  जनाएको छ। 

स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्कोडिया पुग्नु भएको हो।

 बिहीबार नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गर्नु भएको थियो। राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उहाँका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नु अघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम  तय भएको जनाइएको छ।  

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन  हो।  नोम पेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गर्नु भएको छ।

उनले दुई देश वीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताउनु भएको छ। यसै क्रममा उहाँले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले “महत्वपूर्ण भूमिका खेलेको पनि बताउनु भएको छ।  उहाँका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन्। चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणा पछि विश्व व्यापी रुपमा यस विषयमा बहस र चर्चा भई रहेको छ।    

कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई “आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै  अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेख्नु भएको छ।    

कमेन्ट लोड गर्नुस