सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कार क्रिकेट लिगः क्याम्ब्रिज स्कुल र नारायण स्पोर्ट विजय 

२०८२ वैशाख ४, ०८:०६ खबर संवाददाता

धनगढी: धनगढी स्थित फाप्ला क्रिकेट मैदामा जारी टिम इलाभेन संस्कार क्रिकेट लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुल र नारायण स्पोर्ट क्लब विजय भएका छन्।

बुधवार भएको पहिलो खेलमा युथ अफ टीकापुरलाई पाँच रनले पराजित गर्दै क्याम्ब्रिज क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुल विजय भएको। टस जितेर पहिला ब्याटिङ गरेको क्याम्ब्रिज स्कुलले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

क्याम्ब्रिजका लागि डम्बर माझीले चार चौका र एक छक्काको मद्दतमा ३४ र र हेमन्त चौलागाईंले १५ रन जोडेका थिए। बलिङतर्फ टिकापुरका दिपेन्द्र शाहले ३ तथा आदेश परियारले दुई विकेट लगे। १०५ रनको विजय लक्ष्य सहित मैदान उत्रेको युथ अफ टिकापुर १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो। टिकापुरलाई सस्तैमा रोक्ने क्रममा क्याम्ब्रिजका हेमन्त चौलागाईले चार विकेट हेमन्त चौलागाई भए।

बुधवार नै सम्पन्न दोस्रो खेलमा राजपुर स्पोर्ट क्लबलाई ३१ रनले पराजित गर्दै नारायण स्पोट एकेडेमी विजय भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नारायण स्पोर्ट क्लबलो २० ओभरको पारीमा आठ विकेट गुमाएर १५५ रन जोडेको थियो। नारायण स्पोट क्लबका लागि राहुल भण्डारीले ४८ तथा लोकेन्द्र चन्दले ३७ रन बनाएका थिए। बलिङतर्फ राजपुर स्पोर्ट क्लबका खगेन्द्र कुँवरले ३ विकेट हातपारे।

१५६ रनको विजय लक्ष्य सहित मैदान उत्रेको राजपुर स्पोट क्लबले २० ओभरमा नौ विकेट गुमाएर १२४ टन मात्रै बनाउन सक्यो। राजपुर स्पोर्ट क्लबका लागि विजय राणाले २४ रन तथा सिद्धार्थ साउदले १४ रन बनाएका थिए। राजपुरलाई सस्तैमा समेट्ने क्रममा नारायणका राहुल भण्डारीले चार तथा रवि बिष्टले तीन विकेट हात पारे। सोखेलका  म्यान अफद म्याच  राहुल भण्डारी भए। 

१३ टिम को सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ तथा द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। प्रतियोगितामा चैतन्य पाठशालाले पावर बाइ प्रायोजन गरेको छ भने गुरुकुल एकेडेमी धनगढी र धनगढी उपमहानगरपालिकाको प्रायोजन रहेको छ। संस्कार गुरुकुल मन्टेस्वरी विद्यालय को आयोजनामा सञ्चालन भएको प्रतियोगिता वैशाख ९ गते समापन हुनेछ।

कमेन्ट लोड गर्नुस