सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने

। फोटो स्रोत ।
२०७६ असार २७, ०१:३८

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने भएको छ। विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि झण्डै १० अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको हो। विश्व बैंकले यसअघि पनि नेपालको वित्तीय संघीयताको संरचना निर्माणका लागि झण्डै २० अर्ब अनुदान सहायता उपलब्ध गराएको थियो।  

राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तीय संघीयता व्यवस्थापन हुने गरी आवश्यक नीति बनाउन १० अर्ब अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि अनुदान सहायता खर्च गरिने उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता कार्यान्वयनका लागि झण्डै १० अर्ब अनुदानको सहायता उपलब्ध गराएको जानकारी दिए। त्यस्तै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तीय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस