सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्वास्थ्य पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरू

२०८१ चैत्र २९, ०२:२१ खबर संवाददाता

धनगढीः धनगढीमा स्वास्थ्य पत्रकारिता सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरू भएको छ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेश डोटीको सहयोगमा कार्यक्रम आयोजना गरिएको  नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले बताए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका  सामाजिक विकासमन्त्री मेघराज खड्काले गरेका हुन्। स्वास्थसँग सम्बन्धित विषयहरुलाइ सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम शुक्रवार र शनिवार गरि २ दिन सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस