सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज एमालेको विशेष सभा, तीन नेताले सम्बोधन गर्दै

२०८१ चैत्र २९, १०:२२ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले धनगढीमा आज विशेष सभाको आयोजना गर्दै छ।

एमालेको प्रदेश कमिटीले धनगढीको पार्कमोडमा शुक्रवार दिउसो विशेष सभाको आयोजना गर्दै छ।

एमालेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन्। एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले बताएको छ।

‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध एमालेले सभाको आयोजना गरेको बताएको छ। एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा कैलालीमा सभा आयोजना गर्न लागिएको हो। सभामा एमालेका नेता, कार्यकर्ता, तथा आम जनताको सहभागिता रहने छ। एमालेले सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रूपमा लिएको बताएको छ।

 

कमेन्ट लोड गर्नुस