सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिपी प्रतिष्ठानबाट नवजात शिशु चोरी गर्ने दुई महिला पक्राउ

। फोटो स्रोत ।
२०७६ असार २६, ०५:४४

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरीे आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। लिला बिक र उनकी भाउजू मिला लिम्बुलाई शिशु चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार राती बबिता मेहताको छोरा प्रतिष्ठानको प्रसूति विभागबाट चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भोक्राहा गाउँपालिका १ की मेहताले छोरा विभागबाट हराएको भन्दै हल्ला गरेपछि बच्चाको खोजी सुरु भएको थियो। नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि विभागमा राखेर उपचार भइरहेको थियो। बच्चा चोरी गर्ने ती दुई जना कुरुवाको भेषमा बसेको बताइएको छ। चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब ५ किलोमिटर टाढा बगरकोटमा फेला पारेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस