सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग

। फोटो स्रोत ।
२०७६ असार २६, ०४:५४

डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरेका छन्। चिकित्सा शिक्षा आयोग उपाध्यक्ष नियुक्तिमा राजनीतिक चलखेल हुन थालेको भन्दै उनले आपत्ति जनाएका छन्।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलनमा उनले आयोगको उपाध्यक्ष कसैलाई जागिर खुवाउने वा स्वार्थपूर्ति गर्ने विषय नभएको भन्दै संवेदनशीलता ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उपाध्यक्ष छनोटको विषयमा आफू मौन रहन नसक्ने उनले जनाएका छन्। आयोग बनेपछि पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने हो र आयोगले नियमनको सट्टा मिलेमतोको बाटोमा लाग्ने हो भने सुधारको पक्षमा अहिलेसम्म हात परेका उपलब्धिहरू गुम्ने शंका बढेको उनले बताए। केही दिनअघि आयोग उपाध्यक्षमा केही व्यक्तिको नाम सिफारिस हुन लागेको सार्वजनिक भएको थियो।

उनले योग्य र गैरराजनीतिक व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने माग राखे। अहिले केही उम्मेदवार छनोटमा सरकार लागेको भन्दै त्यसलाई रोक्न माग गरे।

कमेन्ट लोड गर्नुस