धनगढीको कपडा बैंकलाइ ३९ थान कपडा सहयोग

२०८१ चैत्र २२, ०२:२१
धनगढीः कैलालीको घनगढीमा रहेको कपडा बैंकलाइ ३९ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडी बस्ने कुलबहादुर खड्काले ३९ थान कपडा सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उक्त कपडा बैँक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल तथा उनका भाइ श्याम हमाल र देवेन्द्र हमालले आफ्नै व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याएका हुन्।




कमेन्ट लोड गर्नुस