सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा बाल उद्यान बन्ने

२०७६ असार २६, ११:०३ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ मा शिवपुरी धाम वाल उद्यान निर्माणका लागि गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ। शिवपुरी धाममालाई पर्यटकीय गन्तव्य बनाउनका लागि शिवपुरी धाम वाल उद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो। बुधवार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ। 

ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिना देखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरुयोजना बनाएको थियो। कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टका अनुसार गुरुयोजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु समेटिएका छन्। 

सबै संरचना बालमैत्री रहने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। मन्दिर क्षेत्रको गुरुयोजना यस अघि नै निर्माण भईसकेको नगरप्रमुख वडले बताए।  संरचना निर्माणका लागि भ्याट बाहेक १३ करोड ४८ लाख चार ३५ हजार बजेट आवश्यक हुने परामर्शदाता भट्टले बताए। यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ। 
 

कमेन्ट लोड गर्नुस