कञ्चनपुरमा पार्किङ गरि राखेको अटोमा आगलागी

२०८१ चैत्र १७, ०७:१६
कञ्चनपुरः कञ्चनपुरमा पार्किङ गरि राखेको अटोमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित ७ नम्बर पिल्लर गड्डाचौकी नजिकै पार्किङ गरी राखेको सुदूरपश्चिम प्रदेश ०२००१ ह २९१८ नम्बरको अटोमा आइतवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।उक्त आगलागीबाट अटोको पछाडीको भाग जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। अटो कस्को हो भन्ने नखुलेको प्रहरीले जनाएको छ।



कमेन्ट लोड गर्नुस