धानमन्त्री ओलीले बोलाए साँझ ५ बजेको लागि सर्वदलीय बैठक

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्।
राजावादीहरुको प्रदर्शनको कारण उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नका लागि सर्वदलीय बैठकको माग गरिएको थियो ।सोहीअनुसार प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन्। हिजोमात्रै मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पनि गणतन्त्रपक्षधरहरुको बैठक बोलाउनुपर्ने भनेको थियो।
विपक्षी दलका नेता पुष्पकमल दाहाल विशेष कार्यक्रमको लागि सिन्धुली जाने र उताको कार्यक्रम सकेर काठमाडौं फर्किँदा ढिला हुने भएकोले सर्वदलीय बैठक साँझ ५ बजेको लागि तय भएको जनाईएको छ। सर्वदलीय बैठकअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आज रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन्।


प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यताम सम्पन्न हुने क्लबको कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ।
