धनगढीमा पत्रकारद्धारा बिरोध प्रदर्शन

धनगढीः एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या भएपछि कैलालीका पत्रकारले विरोध प्रदर्शन गरेका छन्।
शनिवार पत्रकारको हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन्। राजावादीहरुको आन्दोलनका क्रममा पत्रकार रजकको जलाएर हत्या गरिएको थियो। शुक्रवारको राजावादीको आन्दोलनमा बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएको थियो।
सोही घटनाका कारण नेपाल पत्रकार महासङ्घको देशैभरी ७०औं स्थापना दिवस मनाउने कार्यक्रम विरोधमा परिणत भएको छ। सोहि क्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि धनगढीमापनि बिरोध कार्यक्रम गरेका हुन। धनगढी चौराहादेखि बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध ¥याली निकालेर कोष सभा आयोजना गरिएको थियो।


कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदूरपश्चिमका अध्यक्ष भरत शाह, पुर्व केन्द्रिय सदस्य मिन बम, पुर्व कैलाली जिल्ला अध्यक्ष दीर्घ उपाध्याय, इन्सेक सुदूरपश्चिम संयोजक खडक जोशी, प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँर, फोनिज सुदूरपश्चिम अध्यक्ष उन्नती चौधरी, प्रेस चौतारी कैलाली अध्यक्ष जनक बिष्ट, प्रेस युनियन कैलाली उपाध्यक्ष सुनिल आउजी, प्रेस सेन्टर कैलाली सचिव राम दहित, समाजवादी प्रेस सगंठनका जगत जैगडी लगायले सम्बोधन गरेका थिए। नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आयोजित सभाको सञ्चालन महासघं कैलालीका सह सचिव शकंर बोहराले गरेका थिए। शनिवार धनगढीसँगै सुखड, लम्की र टीकापुरमा पनि विरोधका कार्यक्रम गरिएका छन्।
