सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवीन्द्र मिश्र र धवल शमशेरसहित पाँच जना पक्राउ

२०८१ चैत्र १६, ०७:१० खबर संवाददाता

काठमाडौँ : काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरूलाई पक्राउ गर्न सुरु गरेको छ। प्रहरीले शुक्रवार राति रवीन्द्र मिश्र, धवल शमशेर राणासहित पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार पक्राउपर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक व्यक्ति रहेका छन्। प्रहरीले राजावादीका कमान्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी राखेको छ। उनी हालसम्म सम्पर्क विहीन छन्।

 

कमेन्ट लोड गर्नुस