सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा जुलुस

। फोटो स्रोत ।
२०८१ चैत्र १५, ०८:३२

धनगढी : कैलालीको अत्तरियामा जुलुस निकालिएको छ। बेथिति र भ्रष्टाचार विरुद्ध राष्ट्र प्रेमी जनसमुदाय गोदावरीले जुलुस निकालेको हो।

देशमा माैलाइरहेको बेथिति, भ्रष्टाचार अराजक गतिविधि तथा नेपाल सरकारले राजनीतिक पूर्वाग्रही ढङ्गले विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई बर्खास्तको विरुद्ध र सनातन वैदिक दिन्दुराष्ट स्थापनार्थ आम राष्ट्रवादीहरुद्धारा जुलुस निकालिएको राप्रपा गोदावरी अध्यक्ष दुर्गा पोखरेलले बताए।

जुलुसमा पुत्ला जलाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले पुत्ला जलाउन खोज्दा राप्रपाका नेता बिराज विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस