सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारको आदेश

२०८१ चैत्र १५, ०७:२७ खबर संवाददाता

काठमाडौँ: काठमाडौँमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ।

भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए। उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन्।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्ति माझ दुर्गा प्रसाईं आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरूका घर र पार्टी कार्यालयमा छिर्ने योजना बनाएको भिडिओ समेत भेटेपछि उनलाई पक्राउ गर्न लागिएको हो।

सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटमा जिम्मेवार ठहर गरेको छ।

कमेन्ट लोड गर्नुस