सुदूर नेपाललाई विश्वसँग जोड्दै

एभिन्युजका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु

२०८१ चैत्र १५, ०७:११ खबर संवाददाता

काठमाडौं  : एभिन्युजका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु भएको छ।

तीनकुनेको भवनमा लागेको आगोमा जलेर सुरेश रजकको मृत्यु भएको हो। सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको बताइएको छ।

राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो। सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन भएका बताएका थिए। एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको गुनासो गरेका छन्।

तीनकुनेमा गोली लागेका सबिन महर्जनको पनि मृत्यु भएको छ।

 

कमेन्ट लोड गर्नुस