तीनकुनेमा गोली लागेका सबिन महर्जनको मृत्यु

२०८१ चैत्र १५, ०७:०२
काठमाडौँ : काठमाडौँको तीनकुनेमा गोली लागेका सबिन महर्जनको मृत्यु भएको छ।
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
कीर्तिपुर नगरपालिका–४ का महर्जनको मृत्यु भएको शुक्रवार साँझ गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।



कमेन्ट लोड गर्नुस