कैलालीको ३ स्थानमा आगलागी
धनगढीः कैलालीको ३ स्थानमा आगलागी भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–९ धनचौरी बस्ने गणेश बलायरकोे गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट बलायरको गोठमा रहेका दुई वटा बाख्रा मरेका छन्, भने तीन वटा बाख्रा जलेर घाइते भएका छन्। आगलागीबाट करिब ८० हजार बराबरको क्षति भएको जनाइएको छ।
यस्तै, धनगढी उपमहानगरपालिका–३ मा विवेक भट्टले सञ्चालन गरेको विवेक फिड इन्ड्रष्ट्रिज प्रालिको पानी बोइलर मसिनमा शुक्रवार एक्कासि आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै
कैलालीको भजनी नगरपालिका–७ पृथ्विपुर गौडी बस्ने मटरु यादवको कच्ची भान्साबाट हावाको कारणले नजिकै रहेका अन्य ५ वटा कच्ची गोठहरूमा आगलागी भएको प्रहरीले जनाएको छ।