गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

काठमाडौँः राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको बैठक बसेको छ।
गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा प्रमुखहरू सहभागी छन्। काठमाडौँको तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनालगायत एजेन्डासहित आन्दोलनमा उत्रिएकाहरूले तोडफोड, आगजनी गरेका छन्। बैठकमा सहभागी एक सुरक्षा प्रमुखका अनुसार छलफल जारी छ। प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीको गाडीमासमेत आगजनी गरेका छन्। अहिले तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ।


