सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद व्यवस्थापनमा समयमै ध्यान दिउः जिसस प्रमुख चौधरी

२०८१ चैत्र १४, १०:०९ खबर संवाददाता

धनगढीः जिल्ला समन्वय समिति कैलालीको प्रमुख टिका चौधरीले विपद व्यवस्थापनको लागि समयमै ध्यान दिन आवश्यक रहेको बताएकी छिन्। 

बुधवार कैलालीको भजनीमा आयोजित जलवायु न्याय, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य र लैंगिक समावेशिताका लागि सरोकारवालाहरु सँगको पैरवी बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। विपदबाट सबैभन्दा धेरै बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिला प्रभावित हुने भएकाले समयमै सचेत हुनुपर्ने बताइन्। लैङिगक हिंसाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने भन्दै उनले राहात वितरण पनि प्रभावकारी हुन नसकेको बताइन्।

कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले सबै भन्दा धेरै मानविय विकासमा ध्यान दिनुपर्ने बताइन्। मानविय विकास भएपछि विपद जोखिम न्यूनिकरण गर्न सकिने उनको भनाई थियो। विपदबाट प्रभावितलाई राहात वितरण, विपदबाट हुनसक्ने क्षति न्यूनिकरण गर्ने समुदाय, विद्यालय, समुह र सरोकारवालसंग अभिमुखिकरणके कार्य गरिएको थियो। 

कमेन्ट लोड गर्नुस