दार्चुलामा स्कुटर दुर्घटना, २ जना घाइते

२०८१ चैत्र १२, ०७:११
धनगढीः दार्चुलामा स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
जिल्लाको महाकाली नगरपालिका–८ धापमा सोमवार से ७ प ८७२६ नम्बरको स्कुटर आँफै अनियन्त्रित भइ पल्टिदा २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते हुनेमा चालक दार्चुलाको महाकाली ननगरपालिका–५ का २० वर्षीय जनक धामी र दार्चुलाको दुहु गाउँपालिका–२ का १८ वर्षीय सुनील साहु रहेका प्रहरीले जनाएको छ।
घाइते दुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।



कमेन्ट लोड गर्नुस