सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विद्युत प्राधिकरणमा शाक्य र नेप्सेमा लुइँटेल नियुक्त

२०८१ चैत्र १२, ०९:४७ खबर संवाददाता

काठमाडौँः सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयगरेसँगै सोमवार मन्त्रिपरिषदको बैठकले शाक्यलाई नियुक्त गरेको हो। यसैगरी, सरकारले नेपाल स्टक एक्चेन्ज लिमिटेडको सिइओमा नारद लुइँटेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। सोमवारको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति पनि बनाएको छ।

कमेन्ट लोड गर्नुस