कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोड र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ८२ हजार ४ सय बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


