सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राइम कमर्सियल बैँकद्वारा डिजिटल बैङ्किङ सम्बन्धि अभिमूखीकरण सम्पन्न

२०८१ चैत्र १०, ०४:४१ खबर संवाददाता

धनगढीः प्राइम कमर्सियल बैंक धनगढी शाखाले वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ।

आइतवार धनगढी–४ रातोपुलमा रहेको सिसिएस स्कुलमा कार्यक्रम गरिएको हो।

बैंकले ग्लोबल मनि सप्ताह २०२५ को अवसरमा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि वित्तीय तथा डिजिटल बैङ्किङ सम्बन्धी जानकारी दिन कार्यक्रम आयोजना गरिएको बैँकको धनगढी शाखाका प्रबन्धक भुवनेश्वर पनेरूले बताए। उनले विद्यार्थीहरूमा वित्तीय र डिजिटल बैङ्किङ सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको बताए।

कार्यक्रममा सिसिएस स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयमा गरिएको कार्यक्रमले वित्तीय तथा डिजिटल बैङ्किङको आधारभूत ज्ञान हासिल भएको विद्यार्थीहरूले प्रतिक्रिया दिएका छन्।

 

कमेन्ट लोड गर्नुस