कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ चैत्र १०, ०८:०४
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी ननगरपालिका–२ खिरीयाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९४ हजार मूल्य बराबरका भन्सार छलीका सामान शनिवार प्रहरीले बरामद गरेको हो। उक्त मुल्य बराबरको चिनी, गुड, मोटरसाइकल थान–१ लगायतका सामान प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।




कमेन्ट लोड गर्नुस