सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय ट्रमा सेन्टरमा बिग्रिएको सिटी स्क्यान मेसिन सञ्चालनमा

। फोटो स्रोत ।
२०७६ असार २४, ०५:४५

राष्ट्रिय ट्रमा सेन्टरमा महिनौंदेखि विग्रिएको सिटि स्क्यान आजबाट सञ्चालनमा आएको छ। गत पुसमा बिग्रिएको १६ स्लाइसको उक्त मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको  अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक प्रमोद कुमार यादवले बाहिरका बिरामी पनि सिटी स्क्यानका लागि ट्रमा आउने गरेकोे बताए। उनका अनुसार ट्रमा सेन्टरमा दैनिक पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिन्छन्। त्यसमध्ये ३० जना बढीलाई सिटी स्क्यान गर्नुपर्ने हुन्छ। 

२०७२ सालबाट सञ्चालनमा आएको सिटि स्क्यान भारत सरकारको  सहयोगमा  जडान भएको थियो।

कमेन्ट लोड गर्नुस