सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कैलाली अस्पतालमा किड्नीमा भएको क्यान्सरको सफल शल्यक्रिया

२०७६ असार २४, ०५:४२ खबर संवाददाता

धनगढीको कैलाली अस्पतालमा किड्नीमा भएको क्यान्सरको सफल शल्यक्रिया भएको छ। अस्पतालले दाहिने किड्नीको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको जनाएको छ। अस्पतालले ५० वर्षीया महिलाको शल्यक्रिया मार्फत मृगौला निकालेको हो। 

युरो सर्जन डाक्टर रविनबहादुर बस्नेत, जनरल सर्जन डाक्टर सुरेन्द्र बस्नेत, एन्स्थेसियोलोजिष्ट डाक्टर रोजी पाठक, एन्स्थेसिया एसिष्टेन्ट सरोज पाठक र नर्स लक्ष्मी खत्री सहितको टिम शल्यक्रियामा खटिएको थियो। यस्तो जटिल शल्यक्रिया सुदूरपश्चिममा पहिलो पटक भएको अस्पतालका जनरल सर्जन डाक्टर सुरेन्द्र बस्नेतले बताए।
 

कमेन्ट लोड गर्नुस