सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते

२०८१ चैत्र ८, ०६:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्।

जिल्लाको दोधरा–चाँदनी नगरपालिका–३ शिबनगर टोल मा खेतमा देखिएको चितुवालाइ लखेट्ने क्रममा बिहिवार २ जना घाइते भएका हुन्। घाते हुनेमा दोधारा–चाँदनी नगरपालिका–३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ।

घाइते दुबै जनालाइ दोधरा–चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस