सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

२०७६ असार २४, ०४:३३ खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसमा समाज कार्य विषय अध्ययन गर्ने विद्यार्थीहरुले दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहितका विभिन्न समाग्री हस्तान्तरण गरेका छन्। दृष्टि फाउण्डेसनमा आश्रित असहायहरुलाई राहात स्वरुप दुई कठ्ठा चामल र अन्य समान हस्तान्तरण गरिएको विद्यार्थीहरुले बताएका छन्।

मानविकी संकाय अन्तरगत स्नातक प्रथम वर्षमा समाज कार्य विषय अध्यनरत विद्यार्थीहरुले चामल, साबुन, चाउचाउ, विस्कुट, कुर्सी लगायतका समाग्री हस्तान्तरण गरेका हुन्। कैलाली बहुमुखी क्याम्पसमा समाज कार्य विषय अध्ययन गर्दै आएका आभास उपाध्यायले खाद्यान्न सहित आठ हजार बराबरका अन्य समाग्री दृष्टि फाउण्डेसनलाई हस्तान्तरण गरिएको बताए।    

कमेन्ट लोड गर्नुस