सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन बसपार्कमा एक जनाको शव फेला

२०७६ असार २४, ०३:३३ खबर संवाददाता

बैतडीको पाटन बसपार्कमा एक जनाको शव फेला परेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक ४५ बर्षिय पृथ्वीराज अवस्थीको शव फेला परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीराज पाण्डेले बताए। उनका अनुसार असार २३ गते बिहान बजार आएका अवस्थीको आज विहान शव भेटिएको हो। पाटन बजार क्षेत्रमा निर्माणधिन नयाँ बसपार्क परिसरमा शव फेला परेको उनले बताए। 
उनको टाउको दायाँ पट्टी चोट लागेको प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।

कमेन्ट लोड गर्नुस