सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मेयर वडले भने–रेडलाइट एरिया बनाउनुपर्छ

२०७६ असार २४, ०२:५१ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले बलत्कारका घटना बढ्दै गएकोप्रती चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि रेडलाईट एरिया बनाउनुपर्ने बताएका छन्। धनगढीमा सञ्चारकर्मीका लागि आयोजित विस्तारीत यौनिकता शिक्षा सम्वन्धीको गोष्ठीको उद्धघाटन कार्यक्रममा मेयर वडले सो कुरा बताएका हुन्। 

उनले बलत्कारका घटना बढ्दै गएकाले यस्ता घटना न्यूनीकरणका लागि छुट्टै रेडलाइट एरिया पनि उपयुक्त हुने बताए। रेडलाइट एरियाका लागी तिनै तहका सरकारले सोच्नुपर्ने बेला आएको बताउँदै मेयर वडले अव सो बारेमा बहस हुन आवश्यक रहेको बताए। अवैध रुपमा सञ्चालन भईरहेको यौन व्यवसायसंगै महिलामाथिका यौन हिसां समेत रेडलाइट एरियाले नियन्त्रण गर्न सक्ने मेयर वडको धारणा छ।

कमेन्ट लोड गर्नुस