सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको सेवा जिल्ला अस्पतालको भन्दा पनि कमजोर

२०७६ असार २४, ११:५१ कमल सावद

सुदूरपश्चिमका पहाडी जिल्ला अस्पताल र टिकापुर अस्पतालको तुलनामा धनगढीको सेती अस्पतालको सेवा झनै कमजोर रहेको अध्ययनले देखाएको छ। सामाजिक विकास मन्त्रालयले विज्ञ मार्फत गरेको अध्ययन अनुसार जिल्ला र जिल्ला स्तरीय अस्पतालको भन्दा पनि सेती अस्पतालको सेवा कमजोर रहेको देखाएको हो।

अध्ययन टोलीका प्रमुख डक्टर दिपेन्द्र थापाका अनुसार सेती अस्पतालको सेवा प्रवाह गुणस्तीय नभएको देखिएको छ। ‘सेती अस्पतालमा सेवा लिदा झन्झटीलो, बढि समय लाग्ने, स्वास्थ्यकर्मीहरुको रुखो व्यवहार, कमजोर अस्पताल प्रशासन मुख्य समस्याका रुपमा देखियो, ’ उनले भने, ‘पहाडी जिल्लाका अस्पतालको तुलनामा सेतीमा विरामीको चाप धेरै भएपनि सेवा गुणस्तरीय नभएको देखिएको छ।’ भौतिक रुपमा केही सुधार हुदै गएको अस्पतालको सेवामा सुधार नभएको उनले बताए। 

पहाडी जिल्लाहरुको तुलनामा सेतीमा बिरामीहरुको संख्या पनि बढि रहेको र सोही अनुसार ब्यवस्थापन गर्न नसक्दा सेवा प्रवाह गुणस्तरीय नभएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले पनि स्विकार गरे। अस्पतालमा जनशक्ती, उपकरण, भौतिक संरचना आदीको पनि अध्ययन भईरहेको छ।

३६ बर्षदेखि स्तरोन्नती नभएकै कारण पनि सेवा प्रवाभकारी नभएको प्रतिवेदनको आसय छ। विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती भएको थियो। तर अहिले सम्म २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालनमा छ। सेती अस्पताल अहिले ५० शैयाको नेपाल सरकारबाट स्वीकृती छ। थप ७५ शैया अस्पताल आँफैले सञ्चालन गरेको छ। अनुमती १ सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि हुँदा झण्डै २ सय ५० शैया अस्पतालमा सञ्चालनमा छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस