सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिप र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाा घाइते

२०८१ चैत्र ५, ०६:०० खबर संवाददाता

धनगढीः दार्चुलामा जिप र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना घाइते भएका छन्।

जिल्लाको महाकाली नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुलातर्फ जाँदै गरेकको जिप र विपरीत दिशातर्फ आउँदै बाट गरेको मोटरसाइकल आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १५८३ नम्बरको चालक दार्चुलाको शैलशिखर–९ बस्ने दलिसिंह खत्रीले चलाएको जिपले लु ३७ प १८७७ नम्बरको मोटरसाकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–१ बस्ने दुर्गासिंह सामन्त घाइते भएका छन्। सामन्तको टाउको र खुट्टामा चोट लागेको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप चालक खत्री र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस