सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झरीसंगै सडक कालोपत्रे

२०७६ असार २३, ०९:२७ कमल सावद

कैलालीको पहलमानपुरमा वर्षातको झरीसंगै सडक कालापत्रे पनि भइरहेको छ। आर्थिक वर्ष किन केहिदिन मात्र बाँकी रहँदा पहलमानपुरमा पनि असारे विकासले निरन्तरता पाएपछि झरीसंगै कालोपत्रे भईरहेको हो। पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने पहलमानपुर सडक खण्डको भत्केको सडकमा बर्षा भइरहेको समयमा पनि कालोपत्रेको काम भइरहेको हो।

असारमा बजेट सक्नैका लागि कालोपत्रेको काम पानीमै भइरहेको स्थानीयले बताएका छन्। अहिले कैलाली लगायत सुदूरपश्चिमका विभिन्न ठाउँहरूमा असारे विकासले निरन्तरता पाएको छ। केहि दिन अगाडि बझाङमा पनि रोपो माथि डोजर कुदेको तस्विर भाइरल बनेको थियो ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस