सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट कैलालीको राजीपुरमा महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

फोटो : विशाल पाण्डे
फोटो : विशाल पाण्डे
२०७६ असार २३, ०८:२७

कैलालीको राजीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सडक अपरुद्ध पारिएको छ। पूर्व–पश्चिम राजमार्गको राजीपुर खण्डमा सडक अवरुद्ध पारिएको हो। गौरीगंगा नगरपालिका वडा नम्वर ४ राजिपुर चौकमा माईक्रोबसको ठक्करबाट सोही ठाउँकी ५० बर्षीया गौरी नेपालीको मृत्यु भएको थियो। नेपालीको मृत्यु पछि स्थानीयले सडक अवरुद्द पारेका हुन्। धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले उनलाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको हो। उनको टाउको र शरिर नै अलग भएको छ। माईक्रोवस र चालक राजु गिरी भने प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ। अहिले प्रहरी, स्थानीय र बस सञ्चालककोे वार्ता भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस