सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सेटीगाँउ बहुमुखी क्याम्पसमा तालाबन्दी

२०८१ चैत्र ५, ०८:५१ खबर संवाददाता

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित सेटीगाउँमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ।

मंगलवार हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो।

फर्जी विद्यार्थीको भर्ना खारेज, कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम रहने अनेरास्ववियुले विज्ञप्तीमार्फत जानकारी दिएको छ। क्याम्पसमा तालाबन्दी भएपछि आज हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ।

कमेन्ट लोड गर्नुस