सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको राजीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

२०७६ असार २३, ०७:०५ खबर संवाददाता

कैलालीको राजीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका वडा नम्वर ४ राजिपुर चौकमा माईक्रोबसको ठक्करबाट सोही ठाउँकी ५० बर्षीय गौरी नेपालीको मृत्यु भएको हो। धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले उनलाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको हो। 

माईक्रोबसको ठक्करबाट उनको टाउको र शरिर नै अलग भएको छ। माईक्रोवस र चालक राजु गिरी भने प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ। यस्तै स्थानीयले विरोध गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। 

कमेन्ट लोड गर्नुस