सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकलले बालकलाइ ठक्कर दिँदा २ जना घाइते

२०८१ चैत्र ३, ०६:१०

डोटीः डोटीमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन्।

जिल्लाको शिखर नगरपालिका–८ तिलतालिमा दीपायलबाट डडेल्धुरा आउँदै गरेको म ३ प १४६१ नम्बरको मोटरसाइकलले सात वर्षीय बालकलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय, डोटीले आइतवार दिउँसो पैदल यात्री स्थानीय मदन ताम्राकारका सात वर्षीय छोरा अन्जान ताम्राकारलाई मोटरसाइकललाई ठक्कर दिएको बताएको छ। उनीसँग मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका २५ वर्षीय अमर सिंह चौधरी घाइते भएका हुन्। बालकको डडेल्धुरा अस्पताल र मोटरसाइकल चालकको सुजङ्ग अस्पताल राजपुरमा उपचार हुँदैछ।

 

कमेन्ट लोड गर्नुस